यस्तो छ ‘चिराग’को फष्टलुक्स
सारांश
- चलचित्र 'चिराग'को फष्टलुक्स सार्वजनिक गरिएको छ, जसमा कलाकार त्यागमूर्ति फिचर्ड छन्।
- फिल्ममा त्यागमूर्ति तेस्रोलिंगीको भूमिकामा देखिएका छन्, जसलाई कसैले कुल्चिएको देखाइएको छ।
- फिल्मको लेखन र निर्देशन समेत त्यागमूर्तिले नै गरेका हुन्, र यो मंसिर ५ गते रिलिज हुनेछ।
काठमाडौँ । फिल्म ‘चिराग’को फष्टलुक्स सार्वजनिक गरिएको छ । निर्माण टिमले मङ्सिर ५ रिलिज मितितय गर्दै फष्टलुक्स बाहिर ल्याएको हो ।
सार्वजनिक फष्टलुक्समा कलाकार त्यागमूर्ति फिचर्ड छन् । उनी तेस्रोलिंगीको भूमिकामा देखिएका छन् । उनलाई कसैले कुल्चिएको छ । त्यागमूर्ति फिल्मका मुख्य कलाकार हुन् भने फिल्मको लेखन र निर्देशन पनि उनैले गरेका हुन् । फिल्ममा ‘आशाको चिराग कहिल्यै निभ्दैन’ भन्ने ट्यागलाइन राखिएको छ ।
फिल्ममा त्यागमूर्तिसँगै सुशील पोख्रेल, प्रज्ञा जोशी, शुभास गजुरेल, दामोदर भण्डारी, शेर बहादुर डिसी, संकला गौतम, नरेश प्रसाद भट्ट, मनोज आचार्य, माधवा खनाल, मिनाक्षी खनाल, बाल कलाकार सागर खरेल लगायतको अभिनय छ ।
फिल्मका निर्माता संकला गौतम, नरेश प्रसाद भट्ट र त्यागमूर्ति हुन् । हरिनन्दा ब्यानरमा निर्माण भएको फिल्ममा समावेश गीतमा दीपक लिम्बू र अस्मिता अधिकारीको स्वर रहेको छ भने पार्श्व सङ्गीत लोकनाथ सापकोटाको छ । राहुल राई र मेफुज अन्सारीले खिचेको फिल्मको सम्पादन सुभाष देवकोटाले गरेका छन् । फिल्ममा गीतसंगीत पनि त्यागमूर्तिकै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
-
चार महिनामा तीन हजार ४३५ विपद्का घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण