सडकको अवस्था
५ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध
बुधबार, ०८ असोज २०८२, १२ : ४३
सारांश
- विभिन्न सडक खण्डमा पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
- नारायणगढ-मुग्लिन सडक, अरनिको राजमार्ग, र कोशी राजमार्गमा पहिरोले यातायात बन्द गरेको छ।
- रसुवाको गोसाइँकुण्डमा बाढीले पुल बगाउँदा नेपाल-चीन नाका बन्द भएको छ।
काठमाडौँ । देशका विभिन्न सडक खण्डमा खसेको पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
नारायणगढ-मुग्लिन सडक अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५, तुइनखोलामा हिजो सडक माथिबाट पहिरो खसेपछि बाटो पूर्ण रूपमा बन्द भएको छ।
त्यस्तै, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, कोदारीमा पनि पहिरोका कारण सवारी आवागमन रोकिएको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ मा २०८२ असार २४ गतेको बाढीले पुल बगाउँदा नेपाल-चीन नाका पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी, कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४, बरुण र मकालु गाउँपालिका-३, एकुवामा पनि पहिरो खसेकाले बाटो पूर्ण रूपमा अवरुद्ध बनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण