बिना बिलबिजक गरगहना तथा सामग्री किनबेच नगर्न मधेस प्रदेश प्रहरीको आग्रह
सारांश
- जनकपुर प्रहरीले बिना बिलबिजक सुनचाँदी किनबेच नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
- भदौ २३ र २४ गते भएको आन्दोलनमा संलग्न व्यक्तिले चोरीका सामान बेच्न सक्ने सम्भावना रहेकोले यस्तो सूचना जारी गरिएको हो।
- प्रहरीले चोरीका सामान लुकाउने र किन्नेलाई कानुनी कारबाही हुने जनाएको छ, र सूचना दिन आग्रह गरेको छ।
रौतहट । मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरले एक सूचना जारी गर्दै बिना बिलबिजक सुनचाँदीका गहना वा अन्य कुनै पनि सामग्री किनबेच नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रहरीले भदौ २३ र २४ गते भएको 'जेनजी' आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूले चोरीका सामानहरू बजारमा बिक्री गर्न सक्ने सम्भावना रहेको भन्दै यो सूचना जारी गरेको हो। मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी उमा प्रसाद चतुर्वेदीका अनुसार, आन्दोलनको क्रममा विभिन्न प्रतिष्ठान, सरकारी तथा निजी भवन, बैंक, र वित्तीय संस्थाबाट महत्त्वपूर्ण कागजात, ऐतिहासिक दस्ताबेज, बहुमूल्य गरगहना, नगद र अन्य जिन्सी सामानहरू लुटिएको जानकारी प्रहरीलाई प्राप्त भएको छ।
प्रहरीले यस्ता चोरीका सामानहरू लुकाइछिपाइ किनबेच हुन सक्ने भन्दै बिल नभएका र आधिकारिक बिक्रेताबाहेकबाट कुनै पनि सामान नकिन्न चेतावनी दिएको छ। यसरी किनबेच गर्नु कानुनी रूपमा दण्डनीय अपराध हुने प्रहरीले स्पष्ट पारेको छ।
साथै, प्रहरीले यस्ता घटना वा संलग्न व्यक्तिबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको टोल फ्री नम्बर १०० मा तत्काल खबर गर्न आग्रह गरेको छ। आम नागरिकको सहयोग र सतर्कताले मात्र शान्ति-सुरक्षा कायम राख्न सहज हुने भएकाले सबैलाई सहयोग गर्न अनुरोध गरिएको प्रहरीको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण