रागासा ताइफुनका कारण चीनमा पहिरो, ताइवानमा मर्नेको सङ्ख्या १७ पुग्यो
बुधबार, ०८ असोज २०८२, १६ : २९
सारांश
- चीनको गुवाङदोङ प्रान्तमा रागासा ताइफुका कारण पहिरो गएको छ र १८ लाख ९० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
- ताइवानमा १७ जनाको मृत्यु भएको छ भने १२० जना बेपत्ता भएका छन्, जुन ताल फुट्दा भएको हो।
- फिलिपिन्समा पनि ताइफुका कारण एक जनाको मृत्यु भएको बताइएको छ।
बेइजिङ । समुद्री आँधी रागासा ताइफुनका कारण चीनको गुवाङदोङ प्रान्तमा पहिरो गएको छ । ताइफुले वितण्डा मच्चाइरहँदा १८ लाख ९० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
ताइफुनका कारण ताइवानमा कम्तीमा १७ जनाको मृत्यु भएको खबर आएको छ भने र १२० जना बेपत्ता भएको बताइएको छ । ताइफुनका कारण मुसलधारे पानी पर्दा पूर्वी ताइवानमा रहेको एउटा ताल फुट्दा यी मृत्यु भएको हो ।
ताइफुन विफका कारण गएको जुलाईमा पहिरो गएपछि सो तालको मर्मत गरिएको थियो । ताइफुनका कारण फिलिपिन्समा पनि कम्तीमा एक जनाको मृत्यु भएको भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण