बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

समाजवादी मोर्चा र विचार मिल्ने पार्टीसँग एकताका लागि प्रस्ताव तयार

बुधबार, ०८ असोज २०८२, १६ : ३६
बुधबार, ०८ असोज २०८२

सारांश

  • माओवादी केन्द्रले समाजवादी मोर्चा र विचार मिल्ने पार्टीसँग एकताका लागि पहल गर्ने प्रस्ताव गरेको छ।
  • प्रवक्ताका अनुसार अग्रगमन र परिवर्तन पक्षधरसँग वार्ता गरी समझदारी कायम गर्ने प्रस्ताव छ।
  • पार्टीले केन्द्रीय समिति विघटन गरी अध्यक्ष प्रचण्डको नेतृत्वमा महाधिवेशनमा जाने प्रस्ताव गरेको छ।

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले समाजवादी मोर्चा र विचार मिल्ने पार्टीसँग एकताका लागि प्रभावकारी पहल गर्ने प्रस्ताव तयार गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले प्रस्ताव तयार गरेको हो ।

‘समाजवादी मोर्चा र विचार मिल्ने पार्टीसँग एकताका लागि प्रभावकारी पहल गर्ने प्रस्ताव तयार गरेको छ’, बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने ।

यस्तै सापकोटाले जेनजी लगायत अग्रगमन र परिवर्तन पक्षधरसँग वार्ता, संवाद गरी समझदारी कायम गर्ने र सबै देशभक्त परिवर्तनकारी पार्टीहरू, समाजवादी सङ्घसंस्थाहरू सबैलाई समेटेर वृहत् संयुक्त मोर्चा निर्माण गर्ने प्रस्ताव तयार गरेको छ । 

केन्द्रीय समिति विघटन गरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै संयोजकत्वमा महाधिवेशनमा जाने प्रस्ताव तयार भएको उनले जानकारी दिए । केन्द्रीय समिति बैठक बिहीबार ११ बजे प्रज्ञा भवन कमलादीमा बस्दै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप