छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मी तलबविहीन, स्वास्थ्य मन्त्रालयले दियो भुक्तानीको निर्देशन
बुधबार, ०८ असोज २०८२, १८ : ३९
काठमाडौँ । नेपालका विभिन्न प्रदेशमा छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले चालू आर्थिक वर्षमा पनि तलब भत्ता नपाएको गुनासो बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भुक्तानी गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयहरूलाई पत्र पठाउँदै गुनासोको सम्बोधन गरी नियमित तलब भुक्तानीको व्यवस्था मिलाउन भनेको हो ।
मन्त्रालयमा प्राप्त गुनासो अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा खटाइएका यस्ता स्वास्थ्यकर्मीहरू तलबविहीन छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उप–सचिव कृष्णराज पाण्डेद्वारा हस्ताक्षर गरी जारी निर्देशन पत्रमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण