ला लिगा
ला लिगाः एट्लेटिको माड्रिद र रियल सोसिएडाड विजयी
बिहीबार, ०९ असोज २०८२, ०४ : ३८
सारांश
- बिहीबारको ला लिगा खेलमा एट्लेटिको माड्रिडले रायो भालेकानोलाई ३-२ ले पराजित गर्यो।
- एट्लेटिकोका लागि जुलियन अल्भारेजले ह्याट्रिक गरे, भने रायोका लागि चाभार्रिया र गार्सियाले गोल गरे।
- रियल सोसिएडाडले मायोर्कालाई १-० ले हरायो, सोसिएडाडका ओयार्जाबालले निर्णायक गोल गरे।
काठमाडौँ । ला लिगामा बिहीबार भएका खेलमा एट्लेटिको माड्रिदले रायो भालेकानोलाई ३-२ ले पराजित गरेको छ।
माड्रिदको जितमा जुलियन अल्भारेजले ह्याट्रिक गर्दै चम्किए। उनले खेलको १५औँ मिनेटमा पहिलो गोल गरे भने, ८०औँ र ८८औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई जित दिलाए। रायोका लागि पेप चाभार्रिया र आल्भारो गार्सिया रिभेराले (७७ मिनेट) गोल गरे पनि टोलीलाई जीत दिलाउन सकेनन्।
त्यसैगरी, अर्को खेलमा रियल सोसिएडाडले मायोर्काविरुद्ध १-० को जित हात पारेको छ। सोसिएडाडका मिकेल ओयार्जाबालले खेलको ४९ औँ मिनेटमा निर्णायक गोल गरेका थिए।
जितसँगै एट्लेटिको र सोसिएडाडले तालिकामा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण