तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो : सडक डिभिजन भरतपुर
सारांश
- मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै गएको पहिरो हटाउन समय लाग्ने भएको छ।
- भारी वर्षाका कारण पहिरो पन्छाउन समस्या भएको र सडक डिभिजन कार्यालय भरतपुरले थप समय लाग्ने जनाएको छ।
- सडक डिभिजन कार्यालयले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ, लामो समय बाटो बन्द हुँदा यात्रु मारमा परेका छन्।
काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै गएको पहिरो हटाउन समय लाग्ने भएको छ ।
बुधबार साँझ ठूलो वर्षातका कारण राति अबेरसम्म पहिरो पन्छाउन समस्या भएपछि थप समय लाग्ने भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
कार्यालयले भनेको छ– 'आज बिहान ५ः३० बजेदेखि पहिरो पन्छाउन नारायणगढ र मुग्लिनतर्फबाट पाँचवटा उपकरण निरन्तर रूपमा परिचालन भइरहेको छ । तर, साँघुरो ठाउँका कारण धरै उपकरणहरू एकै पटक सञ्चालनमा ल्याई कार्य गर्न सकिएको छैन । यसले पहिरो पन्छाउन समय लाग्ने भएको छ ।'
सडक सञ्चालन नहुन्जेलसम्म वैकल्पिक मार्गको प्रयोग गर्न पनि कार्यालयले आग्रह गरेको छ । लामो समयसम्म बाटो अवरुद्ध हुँदा दसैँमा घर हिँडेका यात्रु मारमा परेका छन् ।
यता धादिङको बेनिघाट गाउँपालिका–१०, जवाङखोला र घोप्टेभीरमा गएको पहिरो भने हटाइएको छ । बिहान ३ बजे पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको नागढुङ्गा मुग्लिङ सडक योजनाले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण