सान्या अधिकारी बनिन् मिस युनिभर्स नेपाल
सारांश
- सान्या अधिकारीले मिस युनिभर्स नेपाल २०२५ को उपाधि जितिन्।
- आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा ढुंगाना द्धितीय उपविजेता बने।
- विजेता सान्याले थाइल्याण्डमा हुने मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
काठमाडौं । विश्व चर्चित मिस युनिभर्सको नेपाल फ्रेन्चाइज 'मिस युनिभर्स नेपाल २०२५’को उपाधि सान्या अधिकारीले जितेकी छन् । बुधबार बेलुका ललितपुरस्थित रोयल टुलिप होटलमा सम्पन्न ग्रान्ड फिनालेबाट सान्या विजेता बनेसँगै आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा ढुंगाना द्धितीय उपविजेता, एलिना यारी तृतीय उपविजेता र ज्योति थापा चौथो उपविजेता घोषित भए । फिनालेमा १४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।
विजेता सान्याले २ लाख नगदसहित हजारौँ रकम बराबरका उपहारहरू प्राप्त गरिन् । यस्तै उनले आउँदो २१ नोभेम्बरमा थाइल्यान्डको बैंककमा हुने ७४ औं मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
विजेता बनेसँगै मिडियासँगको कुराकानीमा सान्याले नेपालमा पछिल्लो समय जेनजी प्रदर्शनका कारण टुरिजम क्षेत्रमा परेको असरबारे कुरा गरिन् । उनले विदेशी पर्यटकलाई नेपाल शान्त भइसक्यो भन्ने सन्देश दिने बताइन् । उनले मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्दै गर्दा नेपालको टुरिजम क्षेत्रसँग अन्य विविध कुराको प्रवर्द्धन गर्ने बताइन् ।
मिस युनिभर्स नेपाल २०२५ राष्ट्रिय निर्देशन संगीता पुरीले विजेताहरू सबैलाई बधाई दिँदै आगामी दिनमा राष्ट्रको नाम राख्ने काम गर्नेमा विश्वास राखिन् । ग्लोबल ग्ल्यामर भेन्चरले केही वर्षयता नेपालमा मिस युनिभर्स प्रतियोगिता आयोजना गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण