योगेश भट्टराई भन्छन्– गल्ती र कमजोरीबाट सिकेर पार्टी पुनर्गठन गर्नेछौँ
सारांश
- एमाले महासचिव योगेश भट्टराईले गल्तीबाट सिक्दै पार्टी र आन्दोलन पुनर्गठन गर्ने बताए।
- उनले मार्क्सको भनाइ उद्धृत गर्दै निराशाभित्रै परिवर्तनको सम्भावना रहेको उल्लेख गरे।
- भट्टराईले आत्मसमिक्षा गर्न र इतिहासलाई सम्मान गर्दै पार्टी पुनर्गठन गर्न आह्वान गरे।
काठमाडौँ । नेकपा एमालेका महासचिव योगेश भट्टराईले गल्ती र कमजोरीबाट सिक्दै पार्टी र आन्दोलनलाई पुनर्गठन गर्ने बताएका छन् । बिहीबार एक अपिल सार्वजनिक गर्दै भट्टराईले पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिबारे भनेका छन्– ‘गल्ती र कमजोरीहरूबाट हामी सिक्नेछौँ । र पार्टी र आन्दोलनलाई पुनर्गठन गर्नेछौँ ।’
भट्टराईले मार्क्सले भनेजस्तै ‘इतिहासमा कुनै पनि अवस्था स्थायी नहुने निराशाको गर्भमै परिवर्तनको सम्भावना लुकेको हुने पनि बताएका छन् ।
‘यो निराशा र सङ्कटको अवस्था स्थायी होइन । इतिहासमा हामीले ठुलठुला सङ्कट र आँधीबेहरी पार गरेरै यहाँसम्म आएका हौँ’, भट्टराईले भनेका छन्, ‘तर इतिहासका हरेक सङ्कटका हरेक घुम्ती र मोडहरूमा हामी पुनर्गठित भएको सत्यलाई पनि हामीले मनन गर्नु जरुरी छ । त्यही स्वीकारोक्ति सहितको अभियानको लागि अपिल समेत गर्दछु ।’
उनले आत्मभर्त्सना बन्द गर्न र आत्मसमिक्षा गर्न पनि नेताहरूलाई आह्वान गरेका छन् । भट्टराईले एमालेमा पनि पुनर्गठनबारे प्रश्नहरू उठिरहेको भन्दै ग्राम्सीले भने जस्तै नेकपा (एमाले)लाई र कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्ने बताएका छन् ।
तर पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा इतिहासको बेवास्ता र अपमान कदापि गर्नु नहुने बताएका छन् । ‘पार्टीका नेताहरू जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईं–हामी पनि उहाँहरूसँगै थियौँ । यो जस–अपजसको भागीदार हामी पनि हौँ’, भट्टराईको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण