आइजेएमडी एसएस पाइप्सको ब्रान्ड एम्बासडरमा रविन्द्र ढाँट नियुक्त
बिहीबार, ०९ असोज २०८२, १५ : २२
काठमाडौँ । जय मातादीको आइजेएमडी एसएस पाइप्सले ‘म्याट्रिक्स फाइट नाइट’का विजेता रविन्द्र ढाँटलाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।
१० वर्षभन्दा बढी अनुभवसहित उच्च गुणस्तरीय स्टेनलेस स्टील पाइप उत्पादन गर्दै आएको आइजेएमडी एसएस पाइप्सले आफ्नो ब्रान्ड छविलाई अझ सबल बनाउन लोकप्रिय व्यक्तित्व ढाँटलाई आधिकारिक प्रतिनिधित्वको जिम्मेवारी दिएको हो।
कम्पनीका अनुसार, रविन्द्र ढाँटको जनप्रियता, सकारात्मक छवि र ईमानदार व्यक्तित्वले कम्पनीको मूल्यमान्यता ‘गुणस्तर, स्थायित्व र विश्वास’लाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।
यस सहकार्यसँगै आइजेएमडी एसएस पाइप्स अब केवल पाइप उत्पादनमा मात्र सीमित नरहँदै, टिकाउ भविष्य र आधुनिक संरचनाको प्रतीक बन्ने आफ्नो यात्रामा थप प्रगति गर्ने लक्ष्य राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण