सेयर बजारमा दसैँको ह्याङओभर : परिसूचक र कारोबार दुवै घट्यो
सारांश
- बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.३५ अंकले घटेर २६५२ अंकमा झरेको छ।
- आज बजारमा ३ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भयो, र कारोबार घट्यो किनभने दसैँ अगाडि शेयर भुक्तानी हुँदैन।
- बजारमा १०७ कम्पनीको मूल्य बढ्यो भने १३९ को घट्यो, र हिमस्टार ऊर्जा कम्पनीको मूल्यमा वृद्धि भयो।
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) परिसूचक आज सामान्य घटेको छ । साताको अन्तिम दिन बिहीबार बजार परिसूचक २.३५ प्रतिशतले घटेको हो । योसँगै बजार २६५२ अंकमा झरेको छ ।
आज बजारमा ३ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन ४ अर्ब ४ करोडको कारोबार भएको नेप्सेमा आज कारोबार घटेको हो । आजदेखि बजारमा बिक्री भएका शेयरको दसैँ अगाडि भुक्तानी नहुने भएकोले बजारमा कारोबार घट्दै गएको हो ।
बजारमा आज १०७ कम्पनीको मूल्य बढेको छ । १३९ कम्पनीको मूल्य घट्दा ५ वटाको मूल्य स्थिर रहेको देखिन्छ । बजारमा आज ट्रेडिङ, बैंकिङ, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट समूहको मूल्य बढ्दा बाँकी समूहको मूल्य घटेको छ । होटल तथा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै १.४९ प्रतिशतको गिरावट देखिएको छ ।
बजारमा आज हिमस्टार ऊर्जा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गिरावट सिटी होटलमा ७.५५ प्रतिशतले भएको छ । बजारमा नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ३० करोड ९० लाख रुपैयाँको कारोबार भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण