श्रीलङ्कामा केबल कार दुर्घटनामा सात भिक्षुको मृत्यु
बिहीबार, ०९ असोज २०८२, १६ : ४२
सारांश
- श्रीलङ्कामा केबलकार दुर्घटना हुँदा सात बौद्ध भिक्षुको मृत्यु भएको छ।
- दुर्घटना बुधबार राति भएको थियो जब भिक्षुहरू ध्यान कक्षतिर जाँदै थिए।
- मृतकहरूमा भारत, रुस र रोमानियाका भिक्षुहरू समावेश छन् र प्रारम्भिक रिपोर्टले केबल चुँडिएको संकेत गरेको छ।
कोलम्बो । उत्तर–पश्चिमी श्रीलङ्काको पहाडी क्षेत्रमा केबलकार दुर्घटना हुँदा सात बौद्ध भिक्षुको मृत्यु भएको प्रहरीले बिहीबार जनाएको छ । बुधबार राति विशाल ना उयाना वन मठभित्रको पहाडको माथिको ध्यान कक्षतिर जाँदै गर्दा पीडितहरू सानो अस्थायी क्याबिनमा जम्मा भएका थिए ।
कारमा १३ जना भिक्षु थिए । दुई जना थोरै घाइते भएर भाग्न सफल भए भने अन्य चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मृतकहरूमा भारत, रुस र रोमानियाका भिक्षुहरू रहेका छन् । प्रारम्भिक रिपोर्टले केबल टुटेको सङ्केत दिएको छ । केवल कार ट्र्याकमा जानुअघि उच्च गतिमा तलतिर खसेको थियो ।
उक्त मठ राजधानी कोलम्बोबाट एक ३० किलोमिटर उत्तरपूर्वमा अवस्थित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण