मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

‘म्याण्डेड’ पूरा गर्न नसके सरकारमाथि प्रश्न उठ्छ : गृहमन्त्री अर्याल

बिहीबार, ०९ असोज २०८२, २२ : २०
बिहीबार, ०९ असोज २०८२

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्धता व्यक्त गरे ।
  • उनले ६ महिनाभित्र निर्वाचन गर्ने जनाएका छन्, र सरकारले उद्देश्य पूरा नगरे प्रश्न उठ्ने बताए ।
  • जेनजी प्रदर्शनको छानबिनका लागि आयोग गठन भइसकेको छ र सिफारिस अनुसार काम हुनेछ ।

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा दह्रिलोसँग उभिने बताएका छन् । आज मन्त्रिपरिषद्को बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले ६ महिनाभित्र निर्वाचन गर्ने ‘म्याण्डेड’सहित वर्तमान सरकार निर्माण भएको स्पष्ट पारे । ‘सरकारले आफ्नो उद्देश्य पूरा गर्न सकेन भने प्रश्न उठ्छ’, उनले भने ।

जेनजी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न आयोग गठन गरिसकिएको जानकारी दिँदै उहाँले आयोगले गर्ने सिफारिसका आधारमा सरकारले काम गर्ने स्पष्ट पारे । ‘अनुसन्धान गर्ने निकायले केके सिफारिस गर्छ, त्यहीअनुसार हुन्छ’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप