ला लिगा
ओभिएदोमाथि बार्सिलोनाको शानदार जीत
शुक्रबार, १० असोज २०८२, ०३ : २८
सारांश
- बार्सिलोनाले ओभिएदोलाई ३-१ गोलले पराजित गरेको छ।
- ओभिएदोले सुरुमा अग्रता लिए पनि बार्सिलोनाले पुनरागमन गर्यो।
- बार्सिलोनाका लागि एरिक गार्सिया, रोबर्ट लेवान्डोव्स्की र रोनाल्ड अराउजोले गोल गरे।
काठमाडौँ । ला लिगा अन्तर्गत शुक्रबार भएको खेलमा बार्सिलोनाले ओभिएदोमाथि ३-१ गोलले शानदार जीत हासिल गरेको छ।
घरेलु मैदानमा ओभिएदोले पहिलो हाफमै अग्रता लिए पनि बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो।
ओभिएदोका अल्बर्टो रेइनाले खेलको ३३ औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा बार्सिलोनाले आक्रामक खेल प्रस्तुत गर्दै लगातार तीन गोल गर्न सफल भयो।
बार्सिलोनाका लागि एरिक गार्सियाले ५६औँ मिनेटमा बराबरी गोल गरे भने रोबर्ट लेवान्डोव्स्कीले ७०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। अन्तिमतिर रोनाल्ड अराउजोले ८८औँ मिनेटमा गोल गर्दै जितलाई पक्का गरे।
जितसँगै बार्सिलोना तालिकाको शीर्ष स्थान नजिक पुग्न सफल भएको छ । बार्सिलोनाले ६ खेलबाट १६ अङ्क सँगै तालिकाको दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण