बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

यस्तो छ सूर्यविनायक-धुलिखेल सडकको पछिल्लो अवस्था (तस्बिरहरू)

शुक्रबार, १० असोज २०८२, ०९ : २८
शुक्रबार, १० असोज २०८२

सारांश

  • सूर्यविनायक-धुलिखेल सडकको ६ लेन विस्तारको काम सुस्त हुँदा यात्रुले धुवाँ, धूलो र हिलोको सास्ती खेप्नुपरेको छ।
  • सडक विस्तारको काम बजेट अभावका कारणले ढिलाइ भएको र पुल निर्माणका लागि थप बजेट आवश्यक रहेको छ।
  • सडक विस्तारका लागि आवश्यक पर्ने जग्गाको मुआब्जा र सुरुङ निर्माण योजनाका कारण पनि काममा ढिलाइ भएको छ।

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तारको कामले सुस्त गतिमा चल्दा दसैँको समयमा सो सडक भएर यात्रा गर्ने यात्रुले धुवाँ, धूलो, हिलो झेल्नु परेको छ ।

भक्तपुर सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी सो सडक दुई खण्डमा विभाजन गरी विस्तारको कार्य वि.सं. २०७९ पुस २४ बाट सुरु गरी ३६ महिनाभित्र सम्पन्न गर्नेगरी काम सुरु गरिए पनि हालसम्म सडक विस्तार कार्य सम्पन्न हुन सकेको छैन ।

Suryabinayak Dhulikhel Road (2)

सडक विस्तारका लागि ७।५ किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल ८।४ किमी सडकखण्ड विस्तारका लागि ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। 

Suryabinayak Dhulikhel Road (3)

सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको आयोजनाले बताएको छ ।

Suryabinayak Dhulikhel Road (4)

यो सडकमा पुलहरू थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि एक अर्ब रुपैयाँ लाग्ने आयोजनाले अनुमान गरेको छ। अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०–२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएको छ। यसका लागि प्रतिमिटर रु १५ लाख लाग्ने अनुमान गरिएको छ। 

Suryabinayak Dhulikhel Road (5)

साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि ‘सर्भिस लेन’ भने निर्माण गर्न नसकिने देखिएको डिपिआर अध्ययनले देखाएको छ। उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो। यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब रु एक अर्ब मुआब्जा दिनुपर्ने छ। 

Suryabinayak Dhulikhel Road (6)

विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो। यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई यथावत् कायम गरेको थियो र सोही आधारमा सडकका दायाँ–बायाँमा घर बनेको थिए।

Suryabinayak Dhulikhel Road (7)

सङ्घीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल राजमार्ग हुँदै पूर्वसम्मको दूरी यही सडकबाट पार गरिन्छ भने यो सडकबाट अरनिको राजमार्ग हुँदै कोशी र मधेस प्रदेशका नागरिकसमेत काठमाडौँ आवतजावत गर्दै आएका छन्।  तस्बिर : नेपाल फोटो लाइब्रेरी 

Suryabinayak Dhulikhel Road (8)Suryabinayak Dhulikhel Road (9)Suryabinayak Dhulikhel Road (10)Suryabinayak Dhulikhel Road (11)Suryabinayak Dhulikhel Road (12)Suryabinayak Dhulikhel Road (13)Suryabinayak Dhulikhel Road (14)Suryabinayak Dhulikhel Road (15)Suryabinayak Dhulikhel Road (16)Suryabinayak Dhulikhel Road (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप