ट्रम्पले औषधिमाथि लगाए सय प्रतिशत ट्यारिफ
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर १ देखि औषधि, फर्निचरलगायतका सामानमा ट्यारिफ लगाउने घोषणा गरेका छन्।
- ट्रम्पले औषधिमा १०० प्रतिशत, किचन क्याबिनेटमा ५० प्रतिशत, फर्निचरमा ३० प्रतिशत र ट्रकमा २५ प्रतिशत ट्यारिफ लगाउने बताएका छन्।
- विज्ञहरूले भने यस कदमले मुद्रास्फीति बढाउने र आर्थिक वृद्धिमा असर पार्ने चेतावनी दिएका छन्।
वासिङ्टन डीसी । अक्टोबर १ देखि अमेरिकामा आयातित सामान औषधिदेखि भारी ट्रकहरूसम्म सबै महँगो हुनेछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधि, किचन क्याबिनेट, बाथरूम भ्यानिटी, अपहोल्स्टर्ड फर्निचर र भारी ट्रकहरूमा ट्यारिफ लाग्ने बिहीबार सोसल टुथमार्फत एक पोस्टमा भनेका छन् ।
उनले औषधिहरूमा १०० प्रतिशत आयात शुल्क लगाएका छन् । सबै ब्रान्डका वा प्याटेन्डेड औषधिमाथि अक्टोबर १ देखि ट्यारिफ लाग्ने बताइएको छ ।
अमेरिकामा नयाँ उत्पादन केन्द्र बनाइरहेका कम्पनीहरूलाई भने छूट दिइने उनले बताएका छन् । निर्माण सुरु भइसकेका कम्पनीका औषधिमा कुनै ट्यारिफ लाग्ने छैन । यसबाहेक पनि ट्रम्पले किचन क्याबिनेट र बाथरूम भ्यानिटीहरूमा ५० प्रतिशत, फर्निचरमा ३० प्रतिशत र भारी ट्रकहरूमा २५ प्रतिशत लगाइने बताएका छन् ।
यी ट्यारिफहरूले सरकारको बजेट घाटा घटाउने र घरेलु उत्पादन बढाउने तर्क छ । तर विज्ञहरूचाहिँ यसले मुद्रास्फीतिलाई अझ बढाउन सक्ने र आर्थिक वृद्धिलाई असर गर्न सक्ने भनिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण