पद्मोदय स्कुलका सटर हटाइयो, विद्यार्थीका लागि खेल मैदान निर्माण हुँदै
काठमाडौँ । पुतलीसडक चोक र भृकुटीमण्डपको बिचमा अवस्थित करिब ८० वर्ष पुरानो पद्मोदय स्कुलको परिसरमा रहेको सटर हटाइएका छन्।
स्कुल स्थापनाकालदेखि नै त्यहाँ विभिन्न पसल सञ्चालन हुँदै आएका थिए।काठमाडौँ महानगरपालिकाले स्कुलको जग्गालाई व्यावसायिक प्रयोग रोक्दै विद्यार्थीका लागि अनुकूल वातावरण बनाउन सटर हटाउने निर्णय गरेको हो।
महानगरको अनुसार स्कुल शिक्षा अध्ययन–अध्यापनको केन्द्र हुनुपर्ने भए पनि सामुदायिक विद्यालयहरूमा सटर, पार्टी प्यालेस र अन्य व्यावसायिक गतिविधिका कारण विद्यार्थीहरू प्रभावित हुँदै आएका थिए।
कतिपय विद्यालयले भाडा पाउने तर बजार मूल्यभन्दा निकै कम दरमा पाउने समस्या पनि दोहोरिइरहेको थियो।महानगरका अनुसार, यस्ता गतिविधिका कारण विद्यार्थीहरूलाई पढाइमा व्यवधान पर्नुका साथै सभा सञ्चालन र खेलकुद गतिविधिका लागि समेत पर्याप्त ठाउँ नहुने अवस्था सिर्जना भएको थियो।
अब हटाइएको स्थानमा खेल मैदान निर्माणका लागि टेन्डर प्रक्रिया सुरु भइसकेको र स्कुलले महानगरबाट थप अनुदान पाउने जनाइएको छ। अन्य सामुदायिक विद्यालयहरूमा पनि यस्तै व्यवस्था कार्यान्वयन गर्दै लैजाने महानगरको योजना छ।
काठमाडौँ महानगरका प्रमुख बालेन शाहले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमा सम्झौता नहुने बताए । विद्यालय विद्यार्थीका लागि मात्र नभई मुलुकको भविष्य, सभ्यता र संस्कृतिको संवाहक भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा क्रियाशील कम्युनिस्ट पार्टीले गरे पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन
-
सिंहदरबारकै जातीय सोचले रोकियो थर सूचीकरणः राष्ट्रिय दलित आयोग
-
१६ वर्षीय प्रसिद्ध २ लाख रुपैयाँमा काठमाडौँ गुर्खाजमा आबद्ध
-
मंगलबार लेखा समितिको बैठक बस्दै, राहदानी छपाइबारे छलफल होला ?
-
आसिफ शेख लुम्बिनी लायन्स र विवेक यादव चितवन राइनोजमा आबद्ध
-
आसिफ शेख उच्च मूल्यमा लुम्बिनी लायन्समा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण