अस्पताल एवं स्वास्थ्य संस्थाहरूलाई दसैँ बिदामा स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दसैँको बिदामा समेत स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल एवं स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेकाे छ । स्वास्थ्य संस्थाहरूलाई बिदाको समयमा आंशिक रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरिएकाे हाे ।
शुक्रबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै बिदाको समयमा पनि आंशिक रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ,'दसैँ, नेपाल सम्बत, तिहार, छठ पर्वको समयमा लामो बिदा हुने भएकाले बिरामीहरूलाई लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन उपलब्ध जनशक्ति र श्रोत साधनलाई व्यवस्थित तथा प्रभावकारी रूपले उपयोग गरी आ–आफ्नो स्वास्थ्य संस्थाबाट नियमित रूपमा दिइने सेवाहरू बिदाका दिनहरूमा समेत आंशिक रूपमा सञ्चालन गर्नुहुन र अत्यावश्यक सेवा, इमरजेन्सी तथा अप्रेसन जस्ता सेवाहरू सदाझैँ यथावत् रूपमा सञ्चालन गर्न गराउनुहुन अनुरोध छ ।'

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण