चाडपर्व लक्षित अनुगमन : ३५१ किराना पसल र २७९ होटललाई कारबाही
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्वलाई लक्षित गरी देशव्यापी रूपमा सञ्चालन गरेको विशेष निरीक्षण तथा अनुगमन खाद्य व्यवसायमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
यस क्रममा विभागले १ लाख ३८ हजार २ सय ९१ जरिवाना असुल गरिएको छ भने ८५ जार प्रशोधित पिउने पानी नष्ट गरेको छ ।
विभागका अनुसार असोज ४ गतेदेखि असोज ९ गतेसम्म गरिएको अनुगमनमा ३५१ वटा किराना पसल, ६३ वटा खाद्य उद्योग र २७९ वटा राजमार्ग केन्द्रित होटल रेस्टुरेन्टहरूको निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा सङ्कलित नमुनाहरू थप अनुसन्धानका लागि प्रयोगशालामा पठाइएको छ ।
स्थलगत अनुगमन र परीक्षणमा कैफियत देखिएका व्यवसायीहरूलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ ।
अनुगमनका क्रममा स्पष्ट लेबल विवरण नभएका, म्याद गुज्रिएका, स्थलगत परीक्षणमा कैफियत देखिएका र खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ एन विपरीत रहेका व्यवसायहरूलाई जरिवाना गरिएको हो । प्रयोग गर्न नमिल्ने ८५ थान प्रशोधित पिउने पानीको जार समेत जफत गरी नष्ट गरिएको छ ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०७९ को दफा २०, २१, २२, २३, २४ र २५ बमोजिम दायित्व पूरा गर्न गराउनुहुन तथा अनुमति पत्र लिएर मात्र खाद्य व्यवसाय सञ्चालन गर्न गराउन सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई सूचित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण