बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
माओवादीसँग पार्टी एकता गर्न वार्ता टाेली

पार्टी एकता गर्न एकीकृत समाजवादीले बनायो भुसालको नेतृत्वमा वार्ता टोली

११ बुँदे सैद्धान्तिक आधार
शुक्रबार, १० असोज २०८२, २० : ०१
शुक्रबार, १० असोज २०८२

सारांश

  • नेकपा एसले माओवादीसँग पार्टी एकताका लागि वार्ता टोली गठन गरेको छ।
  • वरिष्ठ नेता बेदुराम भुसालको नेतृत्वमा वार्ता टोली गठन गरिएको छ।
  • टोलीलाई एकताको सैद्धान्तिक आधार खोज्न म्यान्डेट दिइएको छ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले माओवादी लगायत कम्युनिष्टसँग पार्टी एकता गर्न वार्ता टोली गठन गरेको छ । अध्यक्ष माधवकुमार नेपालले शुक्रबार अपानि जारी गर्दै वरिष्ठ नेता बेदुराम भुसालको नेतृत्वमा वार्ता टोली गठन गरेको जनाएका हुन ।

भुसालको संयोजकत्वमा गठित वार्ता टोलीमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य रहेका छन् । 

वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरूसँग एकता वार्ता गर्न वार्ता टाली गठन गरेको नेपालले जनाएका छन् । उक्त टोलीलाई ११ बुँदामा एकताको सैद्धान्तिक आधार खोज्न म्यान्डेट दिएको पनि अपानिमा उल्लेख छ । 

एकताका सैद्धान्तिक आधारमध्ये पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुने, नेपाली क्रान्ति जनवादी चरण पूरा गरेर समाजवादी चरणमा प्रवेश गरेको मान्ने, आम नेपाली जनता र दलाल नोकरशाही पुँजीपति वर्गबिचको अन्तर्विरोधलाई वर्तमान नेपाली समाजको प्रधान अन्तर्विरोध मान्ने हुनुपर्ने उल्लेख छ ।

त्यस्तै पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुने, पार्टीको सङ्गठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हुने, पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुने पनि आधारमा उल्लेख छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप