दसैँ बिदामा कृष्णपुर स्वास्थ्यचौकीमा २४ सै घण्टा आकस्मिक स्वास्थ्य सेवा
सारांश
- कञ्चनपुरको कृष्णपुर स्वास्थ्यचौकीमा दसैँको बिदामा पनि २४ घण्टे आकस्मिक सेवा सञ्चालन हुने भएको छ।
- नगरपालिकाको निर्णय अनुसार आकस्मिक तथा प्रसूति सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाइएको हो।
- यस निर्णयले दसैँको समयमा हुने दुर्घटना, आकस्मिक बिरामी तथा प्रसूति हुने महिलालाई राहत पुग्ने अपेक्षा गरिएको छ।
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर स्वास्थ्यचौकीमा दसैँको सार्वजनिक बिदामा पनि २४ घण्टे आकस्मिक सेवा सञ्चालन हुने भएको छ । कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाका अनुसार नगर कार्यपालिकाको निर्णयअनुसार आकस्मिक तथा प्रसूति सेवा निरन्तर सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो ।
‘नगर क्षेत्रमा अस्पताल नभएकाले आकस्मिक अवस्थामा स्वास्थ्यचौकीमै भर पर्नुपर्ने बाध्यता छ, त्यसैले दसैँ बिदामा पनि चौकीमा २४सै घण्टा सेवा निरन्तर गर्ने निर्णय गरेका हौँ’, नगरप्रमुख ओझाले भने ।
सरकारी कार्यालयहरू चाडपर्वमा बन्द भए पनि स्वास्थ्य सेवा भने निरन्तर रूपमा सञ्चालन गरिएको उनले बताए । स्वास्थ्यचौकीका इन्चार्ज वंशीराज भट्टका अनुसार आकस्मिक उपचार र प्रसूति सेवाका लागि आवश्यक स्वास्थ्यकर्मीको ड्युटी तालिका मिलाइसकिएको छ । उनले भने- ‘गत वर्ष पनि दसैँमा चौकीको सेवा खुला राखिएको थियो, यसपटक पनि निरन्तरता दिँदैछौँ ।’
नगरपालिकाले यस्तो व्यवस्था गरेपछि दसैँको समयमा हुने दुर्घटना, आकस्मिक बिरामी तथा प्रसूति हुने महिलालाई राहत पुग्ने अपेक्षा गरिएको छ । उपचारका लागि नगरवासीलाई अब टाढा महेन्द्रनगर, अत्तरिया वा धनगढी धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।
कृष्णपुर नगरपालिकाले वि.सं २०७९ असार १ गतेदेखि स्वास्थ्यचौकीमा २४ सै घण्टा आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ । चाडपर्वका बेला पनि स्वास्थ्यचौकीका सेवालाई निरन्तरता दिने कार्यबाट स्थानीय बासिन्दाले सन्तुष्टि व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण