शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राहदानी प्रकरण

देउवा दम्पतीको राहदानीबारे परराष्ट्रले सुरु गर्‍यो आन्तरिक छानबिन

शुक्रबार, १० असोज २०८२, २२ : २७
शुक्रबार, १० असोज २०८२

सारांश

  • शेरबहादुर देउवा र आरजु राणा देउवाले राहदानी बनाएको विषयमा परराष्ट्र मन्त्रालयले छानबिन सुरु गरेको छ।
  • असोज ३ गते बिदाको दिन राहदानी बनेको घटना शङ्कास्पद देखिएकोले छानबिन भइरहेको छ।
  • देउवा दम्पती उपचारका लागि थाइल्यान्ड जाने तयारीमा रहेको र राहदानी प्रकरण बाहिरिएपछि कार्यक्रम स्थगित भएको छ।

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती डा. आरजु राणा देउवाले हालै बनाएको राहदानी विषयमा परराष्ट्र मन्त्रालयले आन्तरिक छानबिन सुरु गरेको छ।

देउवा दम्पतीले असोज ३ गते राहदानी विभागबाट राहदानी बनाएको समाचार सार्वजनिक भएपछि मन्त्रालयले सो विषयमा सोधपुछ र छानबिन थालेको हो।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार आवश्यकता अनुसार जुनसुकैले राहदानी बनाउन पाउने भए पनि बिदाको दिन राहदानी बनेको घटना गम्भीर भएको बताइएको छ। “अस्वस्थ्य वा हिँडडुल गर्न असमर्थ व्यक्तिका लागि विशेष व्यवस्था गर्न सकिन्छ, तर असोज ३ गते बिदाको दिन राहदानी बनेको प्रकरण शङ्कास्पद देखिएकाले छानबिन भइरहेको छ,” ती अधिकारीले भने।

भदाै २४ गते जेनजी आन्दोलनका क्रममा कुटपिटबाट घाइते भएका देउवा दम्पती उपचारका लागि सैनिक अस्पतालमा भर्ना भएका थिए। सोही क्रममा विभागका कर्मचारीमार्फत राहदानी बनेको कुरा सार्वजनिक भएपछि थप प्रश्न उठेको हो।

देउवा दम्पती उपचारका लागि थाइल्यान्ड जान तयारीमा रहेका थिए। तर राहदानी प्रकरण बाहिरिएपछि उक्त कार्यक्रम स्थगित भएको बताइएको छ।

यस विषयमा गृहमन्त्री ओमप्रकाश अर्यालले समेत चासो व्यक्त गर्दै छानबिन गर्न निर्देशन दिइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप