जेनजी आन्दोलनका शहीद परिवारलाई महानगरको आर्थिक सहयोग
शनिबार, ११ असोज २०८२, ०७ : ४२
सारांश
- ललितपुर महानगरले शहीद विनोद महर्जनको परिवारलाई ५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
- शहीद विनोद महर्जन ललितपुर महानगरपालिका वडा नं. ७ का बासिन्दा थिए।
- भदौ २३ गते भएको जेनजी प्रदर्शनमा लागेको गोलीबाट महर्जनको मृत्यु भएको थियो।
ललितपुर । ललितपुर महानगरले जेनजी प्रदर्शनका क्रममा गोली लागेर मृत्युवरण गरेका शहीद विनोद महर्जनको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।
ललितपुर महानगरको कार्यपालिका बैठकले शहीद महर्जनको परिवारलाई पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो । विनोद महर्जन महानगर वडा नं.७ का बासिन्दा हुन् ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगर छिट्टै एउटा कार्यक्रम राखेर सहयोग रकम परिवारलाई हस्तान्तरण गर्ने बताए । भ्रष्टाचार अन्त्य र सुशासन कायम हुनुपर्ने माग राखेर जेनजीले भदौ २३ गते गरेको प्रदर्शनलाई नियन्त्रण गर्न चलाएको गोली विनोदलाई लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण