सुरक्षा निकायलाई ८५ वटा दुईपांग्रे सवारीसाधन दिने बागमती सरकारको निर्णय
सारांश
- बागमती प्रदेश सरकारले सुरक्षा निकायलाई ८५ वटा दुईपांग्रे सवारीसाधन दिने निर्णय गरेको छ।
- आन्तरिक मामिला मन्त्रीका अनुसार, यी सवारीसाधन प्रदेश प्रहरी, उपत्यका प्रहरी र ट्राफिक प्रहरीलाई उपलब्ध गराइनेछ।
- जेनजी आन्दोलनमा सवारीसाधनमा क्षति पुगेपछि र चाडपर्वमा सुरक्षाका लागि यो निर्णय लिइएको हो।
हेटौँडा । बागमती प्रदेश सरकारले सुरक्षा निकायलाई ८५ वटा दुईपांग्रे सवारीसाधन दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेश इलाका प्रहरी कार्यालय, उपत्यका प्रहरी र उपत्यका ट्राफिक प्रहरीका लागि ती सवारीसाधन उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा प्रहरीका सवारी साधनमा ठुलो क्षति भएको थियो । सवारी अभावमा सुरक्षामा चुनौती सिर्जना भएको सन्दर्भमा मन्त्रिपरिषद्बाटै आवश्यक निर्णय गरिएको उनको भनाइ छ ।
निर्णयअनुसार इलाका प्रहरी कार्यालयका लागि ३० वटा, उपत्यका प्रहरी कार्यालयका लागि ३० वटा र उपत्यका ट्राफिक प्रहरीका लागि २५ वटा दुई पांग्रे सवारी साधन उपलब्ध गराइने छ ।
प्रदेश सरकारले यी सवारी साधन तत्कालै सम्बन्धित इकाइमा पठाइने र विशेष गरी दसैँ, तिहारलगायतका चाडपर्वमा सुरक्षा व्यवस्थामा खटाइने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
-
१० बजे १० समाचार : टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’, अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा
-
पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण