मधेसमा कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने
सारांश
- मधेसमा मुख्यमन्त्री सतिश सिंहको सरकार अल्पमतमा परेपछि चार दलबीच नयाँ सरकार गठनका लागि सहमति भएको छ।
- कांग्रेस संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार बनाउन सहमति भएको जनमत पार्टीका नेता महेश यादवले बताए।
- नयाँ समीकरणमा कांग्रेस, एमाले, जनमत र लोसपा मिलेर सरकार बनाउने तयारी छ, जसमा बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई पत्र बुझाइनेछ।
जनकपुर । मधेसमा मुख्यमन्त्री सतिस सिंहको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनको लागि चार दलबिच सहमति भएको छ ।
सत्तारुढ दुई दलले समर्थन फिर्ता लिँदा मुख्यमन्त्री सतिश सिंहको सरकार अल्पमतमा परेको थियो । कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा सरकार गठन गर्ने चार दलबिच सहमति भएको जनमत पार्टीका नेता महेश यादवले पुष्टि गरे । उनका अनुसार मधेसमा नयाँ सरकार बनाउने करिब टुंगो लागिसकेको छ ।
‘विभिन्न चरणको छलफलपश्चात् कांग्रेसलाई नेतृत्व दिएर चार दलको समीकरणमा नयाँ सरकार बनाउने सहमति भएको छ,’ उनले भने । अर्थात् पुरानै समीकरणमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, जनमत र लोसपा मिलेर नयाँ सरकार गठन हुने भएको यादवले बताए । उनका अनुसार प्रदेश प्रमुख आएपछि बहुमत सांसदहरूको हस्ताक्षरसहित सरकार निर्माणको लागि पत्र पेस गरिनेछ ।
‘प्रदेश प्रमुख काठमाडौँमा हुनुहुन्छ, उहाँ आजै जनकपुरमा फर्किने सम्भावना छ, उहाँ आज फर्किए आजै, नत्र भोलिसम्म सरकार निर्माणका लागि बहुमतको हस्ताक्षरसहित पत्र पेस गर्ने तयारी गरिएको छ,’ उनले भने ।
मुख्यमन्त्री कांग्रेसलाई दिने सम्झदारी भए पनि कुन पार्टीलाई कतिवटा मन्त्रालय दिने त्यसमा भने सहमति भइनसकेको उनको भनाइ थियो ।
जनमतले यही २८ गते आफ्नो पार्टीबाट मुख्यमन्त्री बनेका सिंहलाई फिर्ता बोलाएको थियो, मुख्यमन्त्री आफै सांसद रहेको पार्टीले उनलाई सरकारबट बाहिरिन भनेपछि कांग्रेसले गत बुधबार सरकारबाट समर्थन फिर्ता लिएको थियो ।
मधेसमा सरकार निर्माणका लागि ५४ सांसदको बहुमत आवश्यक छ । नयाँ समीकरणअनुसार प्रदेश सभामा कांग्रेसको २२, एमालेको सभामुखसहित २४ (एकजना निलम्बनबाहेक)जनमतको १३, लोसपाको ८ जना (एक निलम्बनबाहेक) का सांसद छन् । यो संख्यालाई आधार मान्ने हो भने नयाँ सरकार निर्माणका लागि पर्याप्त बहुमत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण