फुटबल
रियल मड्रिडको पोस्टमा एट्लेटिकोको पाँच गोल
शनिबार, ११ असोज २०८२, २२ : १६
सारांश
- एथ्लेटिको मड्रिडले रियल मड्रिडलाई ५-२ गोल अन्तरले पराजित गर्यो।
- जुलियन आल्भारेजले एथ्लेटिकोका लागि दुई गोल गरे।
- रियल मड्रिड १८ अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ।
काठमाडौँ। एट्लेटिको मड्रिडले रियल मड्रिडको पोस्टमा पाँच गोल गर्दै सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा एट्लेटिकोले रियललाई ५–२ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन जुलियन आल्भारेजले दुई गोल गरे । त्यस्तै रोविन नोरमान्द, आलेक्जेन्डर सोरिओथ र एन्टोनी ग्रिजम्यानले एक–एक गोल गरे ।
यता रियलका लागि केलियन एम्बाप्पे र आर्ड गुलेरले एक गोल फर्काए ।
जितसँगै एट्लेटिकोले ७ खेलबाट १२ अङ्क जोडेर आफूलाई चौथो स्थानमा उभ्याएको छ ।
पराजित रियल १८ अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोना दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण