तमिल अभिनेता विजयको र्यालीमा भागदौड, ३९ जनाको मृत्यु
सारांश
- तमिलनाडुको नामक्कलमा अभिनेता विजयको र्यालीमा भागदौड मच्चिँदा बालबालिकासहित ३९ जनाको मृत्यु भएको छ।
- अभिनेता विजयको र्यालीमा ठूलो संख्यामा मानिसहरू भेला भएका थिए, जहाँ केही मानिस बेहोस भएपछि भागदौड सुरु भएको थियो।
- विजयले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् भने प्रधानमन्त्री मोदीले घटनालाई दुःखद भनेका छन्।
काठमाडौँ । भारतको तमिलनाडु स्थित नामक्कलमा अभिनेता विजयको र्यालीमा भागदौड मच्चिएको छ। जसमा बालबालिकासहित कम्तीमा ३९ जनाको मृत्यु भएको छ भने ९५ भन्दा बढी घाइते भएका छन्।
टिभीके (तमिलागा भेट्टी कझगम) का प्रमुख तथा अभिनेता विजयको र्यालीमा ठुलो संख्यामा मानिसहरू भेला भएका थिए। अभिनेताबाट राजनीतिज्ञ बनेका विजय भीडलाई सम्बोधन गरिरहेका थिए। केही मानिसहरू बेहोस हुन थालेपछि उनी भाषण रोकेर र्यालीबाट बाहिरिएका थिए । त्यसपछि थप भागदैड मच्चिएको थियो ।
विजयले घटनाबाट आफ्नो मुटु टुक्रेको र असहनीय पीडा र दुःखमा रहेको बताएका छन् । उनले मृत्यु भएकाहरूको परिवारप्रति गहिरो सहानुभूति र समवेदना व्यक्त गर्दै अस्पतालमा रहेकाको शीघ्र स्वास्थ्यलाभका निम्ति प्रार्थना गरेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत घटनालाई दुर्भाग्यपूर्ण र अत्यन्तै दुःखद भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण