सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

सिटी मार्केटका २७ व्यवसायीलाई हट्न महानगरको निर्देशन

आइतबार, १२ असोज २०८२, ११ : ०१
आइतबार, १२ असोज २०८२

सारांश

  • काठमाडौं महानगरपालिकाले सिटी मार्केटका पसलहरू ३ महिनाभित्र खाली गर्न निर्देशन दिएको छ।
  • महानगरले गणेश इलेक्ट्रोनिक्ससँगको सम्झौताअनुसार कार्य नभएको जनाएको छ र वडा कार्यालय भवन बनाइनेछ।
  • व्यवसायीहरूले महानगरले तोकेको रकम दाखिला गरेपछि धरौटी फिर्ता पाउनेछन्।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका सिटी मार्केटका पसलहरू खाली गर्न ३ महिनाको अल्टिमेटम दिएको छ ।

महानगरको राजस्व विभागले जारी गरेको सार्वजनिक सूचनाअनुसार, मार्केटलाई आय ठेक्कामा लगाउने सम्बन्धमा गणेश इलेक्ट्रोनिक्ससँग २०७९ पुस २२ गते सम्झौता भएको थियो । तर सम्झौताअनुसार कार्य नभएको र सो सिटी मार्केट भत्काई वडा कार्यालय भवन निर्माण गर्न सम्बन्धित वडाबाट माग भई आएको महानगरले जनाएको छ ।

महानगरपालिका नगर कार्यपालिकाको भदौ १५ गतेको बैठकले गणेश इलेक्ट्रोनिक्सले कबोल गरेको वार्षिक २ करोड ७१ लाख रुपैयाँलाई मार्केटमा रहेका जम्मा पसल कबलको सङ्ख्याको अनुपातमा हुन आउने रकम उक्त मार्केटमा सञ्चालनमा रहेका व्यवसायीले तिर्न बाँकी रकम दाखिला गरेपछि मात्र राखिएको धरौटी रकम फिर्ता दिने निर्णय गरेको छ ।

हाल सिटी मार्केटमा रहेका २७ जना व्यवसायीहरूलाई ३ महिनाभित्र अन्यत्र सरेर उक्त स्थान खाली गरिदिन महानगरले निर्देशन गरेको हो । महानगरले यस सार्वजनिक सूचनामार्फत सिटी मार्केटका पसल कवलमा व्यवसाय गर्ने सबै व्यवसायीहरूलाई उक्त निर्णयबारे जानकारी गराएको हो ।

image

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप