मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जेनजी प्रदर्शनमा चोरेको मोटरसाइकलसहित एकजना पक्राउ

आइतबार, १२ असोज २०८२, १२ : ०५
आइतबार, १२ असोज २०८२

सारांश

  • प्रहरीले थापाथलीबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा सुर्खेतका भूपेन्द्र मगर छन्, जसले पाटनबाट मोटरसाइकल चोरेका थिए।
  • प्रहरीले चोरी भएको बुलेट मोटरसाइकल बरामद गरी आरोपीले मोटरसाइकल बेच्न खोजेको पत्ता लगाएको छ।

काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न एक जनालाई प्रहरीले थापाथलीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको गुरबाकोट नगरपालिका–४ घर भएर पाटन बस्ने भूपेन्द्र मगर छन् ।

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले ३० वर्षीय भूपेन्द्रले चोरेको बा.९६ प २८४० नम्बरको बुलेट मोटरसाइकल बरामद गरेको छ । उनले सो मोटरसाइकल जेनजी प्रदर्शनको क्रममा प्रदर्शन स्थलबाट चोरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीले सो मोटरसाइकल ३५ हजारमा बेच्न भनेर अर्को व्यक्तिसँग डिल गरेको भेटिएको छ ।

आइतबार पक्राउ परेका आरोपीबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप