शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

दसैँ बिदामा आयल निगमका डिपोहरू आलोपालो खुल्ने, यस्तो छ तालिका

आइतबार, १२ असोज २०८२, १५ : १३
आइतबार, १२ असोज २०८२

सारांश

  • दसैँ बिदामा नेपाल आयल निगमका डिपोहरू आलोपालो खुल्ने भएका छन्।
  • पेट्रोलियम पदार्थको मागलाई सुचारु गर्न डिपोहरू आलोपालोमा खोल्न लागिएको हो।
  • वीरगञ्ज र दाङका डिपोहरू चार/चार दिन, अन्य प्रादेशिक कार्यालयहरू तीन/तीन दिन खुल्नेछन्।

काठमाडौँ । दसैँ बिदामा नेपाल आयल निगमका डिपोहरू आलोपालो खुल्ने भएका छन् । दसैँको समयमा हुने पेट्रोलियम पदार्थको मागलाई सुचारु गर्न प्रादेशिक कार्यालय तथा शाखा कार्यालय अन्तर्गत रहेका डिपोहरू आलोपालोमा खोल्न लागिएको हो ।

यो वर्ष दशैं विदा ६ दिन रहेको छ । निगमका १३ शाखा तथा डिपोमध्ये शाखा कार्यालय वीरगञ्ज र डिपो दाङ चार/चार दिन खुल्नेछन् । त्यस्तै, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रादेशिक कार्यालय तीन/तीन दिन खुल्नेछ भने बाँकी कार्यालय २ दिन खुल्नेगरी तालिका बनाइएको छ । दीपायल शाखा कार्यालय भने आवश्यकता अनुसार खुल्ने निगमले जनाएको छ । 

निगमले सम्बन्धित कार्यालयहरू बन्द भएको अवस्थामा पेट्रोलियम व्यवसायी र ढुवानीकर्ताको सहजताको लागि प्रत्येक डिपोको सम्पर्क व्यक्ति तोकेको छ । ती व्यक्तिसँग सम्पर्क गरेर तोकिएको समयमा डिपोबाट पेट्रोलियम पदार्थ दिन सक्ने निगमले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप