दसैँमा फिल्म : आजदेखि भिड्दै ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’
सारांश
- दसैँको फूलपातीको अवसरमा तीन नयाँ नेपाली फिल्महरू प्रदर्शनमा आएका छन्।
- यी फिल्महरूमा 'माइतीघर', 'हरिबहादुरको जुत्ता' र 'बलिदान' रहेका छन्।
- 'बलिदान' १६ वर्षभन्दा कम उमेर समूहका दर्शकका लागि अभिभावकको साथ अनिवार्य छ।
काठमाडौँ । दसैँको फूलपातीको अवसर पारेर सोमबार देशभर तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’ प्रदर्शनमा आएका हुन् ।
अक्सर नयाँ नेपाली फिल्म शुक्रबार रिलिज हुने परम्परा भएपनि दसैँको अवसर पारेर यी तीन फिल्म सोमबार नै रिलिज भएका हुन् ।
तीन फिल्म मध्ये ‘माइतीघर’ तथा ‘हरिबहादुरको जुत्ता’ ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट ‘यूनिभर्सल’ सबैले हेर्न मिल्ने सर्टिफिकेट पाएको छ भने ‘बलिदान’ ले भने पिजी सर्टिफिकेट भएको छ ।
यो फिल्म हेर्न १६ वर्षभन्दा कम उमेर समूहका दर्शकलाई अभिभावकको साथ चाहिन्छ ।
‘माइतीघर’ रोहित अधिकारीद्वारा निर्मित तथा मिलन तामाङद्वारा निर्देशित फिल्म हो । दुई घण्टा सात मिनेटको फिल्ममा फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, सङ्गीता थापालगायतको कलाकारको अभिनय छ ।
‘हरिबहादुरको जुत्ता’को निर्देशन दीपेन्द्र के खनाल निर्देशित र सरोज ओली र मोहित वंश आचार्य अभिनीत फिल्म हो । २ घण्टा २१ मिनेट ४० सेकेन्ड लामो यो फिल्ममा हरिवंश आचार्य स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाललगायतको कलाकारको अभिनय छ ।
‘बलिदान’ सन्तोष सेनको निर्देशनमा बनेको फिल्म हो । २ घण्टा ४ मिनेट लामो फिल्ममा फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय छ ।
फिल्म रिलिजसँगै सम्बन्धित निर्माण युनिटले आज कलाकारसहित हल भिजिट समेत गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण