यस्ता छन् सखरखण्ड खानुका फाइदाहरू
सारांश
- सखरखण्ड एक पौष्टिक तरकारी हो, जसमा फाइबर, भिटामिन ए, सी, पोटासियम, र फलाम पाइन्छ।
- यसले आँखाको ज्योति सुधार, छालालाई उज्यालो बनाउन, र रोगहरूसँग लड्न मद्दत गर्छ।
- सखरखण्डले स्मरण शक्तिमा सुधार गर्छ र पाचन प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ।
काठमाडौँ । सखरखण्ड जमिनमुनि फल्ने एक खालको अद्वितीय र पौष्टिक तरकारी हो । यसको स्वाद हल्का गुलियो हुन्छ । यसलाई उसिनेर वा पोलेर खान सकिन्छ । पोषक तत्त्वहरूले भरिपूर्ण सखरखण्ड स्वास्थ्यको लागि अत्यन्तै लाभदायक छ ।
यसले हाम्रो शरीरलाई बलियो बनाउन मद्दत गर्दछ । सखरखण्ड सेतो, सुन्तला वा बैजनी रंगको हुन सक्छ । यो फाइबर, भिटामिन ए, भिटामिन सी, पोटासियम, फलाम र प्राकृतिक मिठासयुक्त हुन्छ । सखरखण्डको बारेमा सबैभन्दा महत्त्वपूर्ण के हो भने यसमा यस्ता धेरै धेरै पोषक तत्त्वहरू पाइन्छ, जसले शरीरलाई रोगहरूसँग लड्न मद्दत गर्दछ ।
सुन्तला रंगको सखरखण्डमा भिटामिन ए को स्रोत बीटा–क्यारोटिन प्रशस्त मात्रामा पाइन्छ । यसले आँखाको ज्योति सुधार गर्न, छालालाई उज्यालो बनाउन र बच्चाको वृद्धिलाई बढवा दिन मद्दत गर्दछ । बैजनी रङ्गको सखरखण्डमा एन्थोसायनिन हुन्छ, जसले शरीरलाई अशुद्धता वा मुक्त रेडिकलहरूलाई हटाउन मद्दत गर्छ । यसले हृदयसम्बन्धी रोग, क्यान्सर र मधुमेह जस्ता गम्भीर स्वास्थ्य समस्याहरूलाई रोक्न मद्दत गर्दछ । सखरखन्ड खाँदा दिमाग पनि तेजिलो हुन्छ ।
स्मृति सुधार गर्छ
अमेरिकन लाइब्रेरी अफ मेडिसिनका अनुसार, नियमित रूपमा सखरखण्ड खानेहरूको स्मरण शक्तिमा सुधार हुन्छ । अर्थात् सखर खण्डले शरीरलाई मात्र नभई मस्तिष्कलाई पनि फाइदा पुर्याउन सक्छ । यसले आन्द्रा सफा गर्छ अनि पाचन प्रणालीलाई बलियो बनाउन पनि मद्दत गर्छ ।
तरकारीलाई पकाउँदा खेरि यसमा भएका पोषक तत्त्वहरू नष्ट हुन्छन् भन्ने धेरैको मान्यता छ । तर सखर खण्डको हकमा यस्तो हुन्न खाना पकाउने केही विधिहरूले यसमा रहेका लाभदायक तत्त्वहरूलाई अझ सक्रिय बनाउन सक्छ । उदाहरणका लागि, सखरखन्डलाई भुट्दा यसमा भएको एन्टिअक्सिडेन्ट बढ्छ । उसिन्दा यसका केही फाइबर र भिटामिनहरू हराउन सक्छ । तर यसरी खाँदा पनि यो स्वस्थकर नै हुन्छ । बफ्याएर खाँदा वा माइक्रोवेभिङमा पकाउँदा पनि यसको पोषक तत्वहरूमा धेरै क्षति हुन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण