नेपाली बजारमा वेल्ला, यस सिजनको ‘ट्रेन्डी’ लुक प्रदर्शन
काठमाडौंं । अमेरिकी बहुराष्ट्रिय सौन्दर्य प्रशाधन निर्माता कम्पनी कोटी इङ्कको एकाई कोटी प्रोफेशनल ब्यूटी नेपालमा भित्रिएको छ ।
कम्पनीको मुख्य हेयर केयर, हेयर स्टाइलिङ र हेयर कलर ब्राण्ड वेल्ला प्रोफेशनल्सको साथमा कोटी इङ्क नेपाली बजारमा आएको हो ।
व्यापारिक समूह विशाल गु्रप नेपालको लागि वेल्ला प्रोफेशनल्सको वितरक साझेदारी गरेको छ ।
विशाल गुप्रका निर्देशक अर्पित अग्रवालले भने, ‘नेपालमा वेल्ला लञ्च गर्न पाउँदा हामी निकै रोमाञ्चित छौं, हेयर केयर र स्टाइलिङमा विश्वमै शीर्ष ब्राण्डका रुपमा रहन सफल यो ब्राण्डको नेपालमा भविष्य उज्ज्वल हुनेमा म निकै आशावादी छु ।’
देशभरका १ सय ३० भन्दा बढी सैलुनका स्टाइलिष्टहरुको सहभागिता रहेको लञ्च कार्यक्रममा यस सिजनको ‘ट्रेन्डी’ लुकहरु समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा वेल्ला प्रोफेशनल्स क्यापाबिलिटी व्यवस्थापक नितिन मन्चन्दाको समेत उपस्थित थिए ।
नितिनले वेल्ला प्रोफेसनल स्टाइलिङ प्रडक्ट र कलर प्रयोग गरी आधा दर्जन भन्दा बढी मोडललाई लेटेष्ट ग्लोबल ट्रेण्डका हेयर स्टाइल दिएर उनीहरुलाई विल्कुल फरक लुक्स दिएका थिए ।
कार्यक्रममा कोटीका इण्डियन सब–कन्टिनेन्ट प्रोफेशनल एण्ड कञ्जुमर ब्यूटी महाप्रवन्धन पी के हरिहरणले वेल्ला हेयर केयर र हेयर स्टाइलिङ प्रडक्टले नेपाली उपभोक्ताहरुलाई सन्तुष्टि दिने दाबी गरे ।
वेल्ला प्रोफेशनल नयाँ नयाँ हेयर केयर र हेयर स्टाइलिङ प्रडक्ट सृजना गर्नमा उत्साह पूर्वक काम गर्दै आएको कम्पनीको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण