धनगढीमा चहलपहल पातलिँदै
सारांश
- विजयादशमी नजिकिँदै गर्दा धनगढी बजारमा चहलपहल कम हुँदै गएको छ।
- दसैँ मनाउन गाउँ फर्किने मानिसका कारण बजार सुनसान बनेको छ, जसले गर्दा किनमेल घट्दै छ।
- प्रहरीले चोरीलगायतका आपराधिक घटना रोक्न सुरक्षा व्यवस्था कडा पारेको छ, जसमा गस्ती र निगरानी बढाइएको छ।
धनगढी । विजयादशमी नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढीमा चहलपहल कम हुन थालेको छ ।
काम र अध्ययनका लागि धनगढीमा बसोबास गर्दै आएकाहरू दसैँ मनाउन आ-आफ्नो गाउँ फर्किएसँगै सधैँ व्यस्त रहने धनगढी बजार सुनसान बन्दै गएको हो ।
धनगढीका मुख्य बजार क्षेत्रमा अहिले मानिसहरूको उपस्थिति पातलिएको छ । यद्यपि, पसलहरूमा किनमेल गर्नेहरूको केही भिडभाड कायमै रहे पनि त्यो अब बिस्तारै घट्दै गएको व्यापारीहरू बताउँछन् । पसलहरू खुलेका छन्।
दसैँको बेला आफन्तसँग बसेर रमाइलो गर्ने परम्पराका कारण धनगढीमा बसोबास गर्ने अधिकांश मानिसहरू गाउँ फर्किने गर्दछन् ।यसले गर्दा बजारको रौनक घट्दै गएको हो ।
धनगढीका सडकमा सवारीसाधनको चाप पनि कम देखिन थालेको छ । मानिसहरू गाउँ फर्किएसँगै धनगढीमा चोरी तथा अन्य आपराधिक गतिविधि बढ्न सक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले बजार क्षेत्रमा सुरक्षा गस्ती बढाउनुका साथै सिसिटिभी क्यामेरामार्फत निगरानी गरिरहेको जनाएको छ ।
चाडपर्वलाई लक्षित गरी जिल्लाभरि १ हजारभन्दा बढी प्रहरी कर्मचारी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण