अभ्यासको क्रममा म्याक्सवेल घाइते
सारांश
- अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेल नेट्स अभ्यासका क्रममा घाइते भए, हात भाँचियो।
- म्याक्सवेललाई ब्याट्सम्यानले हानेको बलले हातमा लागेर चोट लागेको हो।
- यो चोटले उनलाई न्युजिल्यान्डविरुद्धको टी-२० शृङ्खला र भारतविरुद्धको एकदिवसीय शृङ्खलाबाट बाहिर राख्यो।
सिड्नी । अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेल नेट्स अभ्यासका क्रममा दुर्घटनामा परेर घाइते भएका छन् । दुर्भाग्यपूर्ण घटनाहरूको उनको सूचीमा अर्को चोट थपिएको हो।
म्याक्सवेल नेट्समा बलिङ गरिरहेका बेला ब्याट्सम्यान मिचेल ओवेनले फर्काएर हानेको बलले उनको हातमा लाग्यो र यसले गर्दा उनको हात भाँचिएको छ।
यसअघि, ३६ वर्षीय म्याक्सवेल सन् २०२२ मा जन्मदिनको पार्टीमा एक साथी उनीमाथि खस्दा उनको खुट्टा भाँचिएको थियो। साथै, सन् २०२३ को विश्वकपका बेला उनी गोल्फ कार्टबाट लड्दा उनको टाउकोमा चोट लागेको थियो।
उनको यो पछिल्लो चोटले उनलाई यस हप्ता न्युजिल्यान्डविरुद्ध हुने तीन खेलको टी-२० शृङ्खलाबाट बाहिर राखेको छ।
माउन्ट माउन्गानुईमा छेउको नेट्समा ब्याटिङ गरिरहेका अस्ट्रेलियाली अलराउन्डर म्याथ्यु सर्ट घटनाका प्रत्यक्षदर्शी थिए। क्रिकेट डट कम डट एयूसँग कुरा गर्दै उनले थपेऽ ‘मैले ओवेनले जोडदार सट हानेको र त्यसपछि त्यसको नतिजा देखेँ। त्यो बल म्याक्सीको नाडीमा लाग्यो। आवाज राम्रो थिएन।’
यो शृङ्खलाका लागि विकेटकीपर-ब्याट्सम्यान जोस फिलिपले म्याक्सवेलको स्थान लिएका छन्। अब म्याक्सवेल अक्टोबरमा भारतविरुद्ध घरेलु मैदानमा हुने पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाका लागि पनि शङ्काको घेरामा परेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण