बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मराठी अभिनेत्रीसँग गोविन्दाको अफेयरको हल्लाबारे के भन्छिन् पत्नी सुनिता ?

मङ्गलबार, १४ असोज २०८२, १५ : ०८
मङ्गलबार, १४ असोज २०८२

सारांश

  • अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाबीचको सम्बन्धमा तनाव रहेको कुरा सुनिताको नयाँ भ्लगमा उल्लेख छ।
  • सुनिताले गोविन्दाको परिवारका सदस्यहरू उनीहरूसँग खुशी नभएको र मराठी अभिनेत्रीसँगको अफेयरबारे पनि कुरा गरेकी छिन्।
  • सुनिताले आफू गोविन्दासँग विगत १५ वर्षदेखि छुट्टाछुट्टै बसेको र उनलाई चेतावनी दिँदै कडा प्रतिक्रिया दिएकी छिन्।

मुम्बई । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजा आफ्नो सम्बन्धलाई लिएर प्रायः चर्चामा रहन्छन्। उनीहरूको सम्बन्धविच्छेद हुनसक्ने खबरहरू बारम्बार आए पनि हरेक पटक यो जोडीले त्यसलाई अस्वीकार गर्दै आएका छन्।

तर हालै सुनिता आहुजाले एक नयाँ भ्लग सार्वजनिक गर्दै पति गोविन्दासँगको सम्बन्ध र एक मराठी अभिनेत्रीसँगको उनको अफेयरको हल्लाबारे प्रतिक्रिया दिएकी छन्।

सुनिताले भ्लगमा गोविन्दाको परिवारका केही सदस्यहरू उनीहरूलाई सँगै देख्न चाहँदैनन् र ‘हाम्रो परिवार किन यति खुशी छ भनेर सोच्छन्’ भन्ने दाबी गरिन् । उनले गोविन्दाले राम्रो मान्छेहरूसँग उठबस नगरेकोमा गुनासो गरिन्।

आफ्नो व्यक्तिगत जीवनबारे खुलासा गर्दै सुनिताले भनिन्, ‘म र चीची (गोविन्दाको उपनाम) विगत १५ वर्षदेखि आम्नेसाम्ने घरमा बसिरहेका छौं, तर उनको आउजाउ भइरहन्छ। जुन पुरुषले एक राम्री पत्नीलाई दुःख दिन्छ, त्यो कहिल्यै सुखी रहँदैन, सधैँ बेचैन रहन्छ।’ 

उनले बाल्यकालदेखि नै गोविन्दालाई आफ्नो सम्पूर्ण जीवन दिएको र आज पनि उति नै प्रेम गर्ने बताइन्, यद्यपि ‘रिस १००% छ, किनकि म पनि सबै कुरा सुन्दैछु।’ उनले आफ्ना सन्तानका कारण आफू बलियो भएको पनि बताइन्।

गोविन्दा र एक मराठी अभिनेत्रीको अफेयरको खबरबारे प्रतिक्रिया दिँदै सुनिताले कडा चेतावनी दिइन्। ‘आजकाल सङ्घर्ष गर्न आउने केटीहरूलाई ‘सुगर ड्याडी’ को बानी परेको छ। कुनै न कुनै केटीहरूले हाम्रो घर चल्छ, पकेट मनी मिल्छ भनेर सोच्छन्,’ उनले भनिन्। 

चेतावनी दिँदै उनले थपिन्, ‘जबसम्म म रङ्गेहात नपक्डेसम्म बच्लान् । तर यदि समातेँ भने, त्यसपछि मेरो हात सनी देओलको जस्तो ५ किलोको छ नि त।’

सुनिताको यो भनाइले गोविन्दासँगको उनको वैवाहिक जीवनमा चलिरहेको तनावलाई उजागर गरेको छ । यद्यपि उनीहरूले हालसम्म आधिकारिक रूपमा सम्बन्धविच्छेदको घोषणा गरेका छैनन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप