मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो खुलाउन प्रहरीको सतत संघर्ष
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षौंदेखि समस्या बनेको पहिरोले यात्रु मात्र होइन, सुरक्षा कर्मीलाई समेत सताइरहेको छ।
वर्षातको मौसम सुरु हुनासाथै सडकखण्डमा पहिरो खस्ने जोखिम बढ्छ, जसले सबैमा अनिश्चितता निम्त्याउँछ।
मुग्लिन प्रहरीका इन्सपेक्टर प्रतिक सिंह र उनको टीम चुनौतीको सामना गर्दै यस सडकखण्डमा निरन्तर खटिए। असोजको पहिलो दिनदेखि नै पहिरो पन्छाउने कार्यमा उनको टोली सक्रिय रह्यो।
हरेक दिन बिहानदेखि राति, धुलो, हिलो र खस्ने ढुङ्गा बीचमा पनि उनीहरूले यात्रुको सुरक्षा सुनिश्चित गर्दै आएका छन्। सुरक्षा कर्मीको जीवन जोखिमपूर्ण भए तापनि उनीहरूको समर्पणले सडकखण्डमा यात्रा सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। प्रहरीसँगै सडक डिभिजन कार्यालयका साथै सम्बन्धित निकायको पनि उस्तै सक्रियता रहँदै आएको छ ।
वर्षासँगै यो सडक खण्ड पटक पटक अवरुद्ध हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण ३ दिनका लागि सेवा बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण