९० लाखको लागतमा प्रहरी कार्यालय पुनर्निर्माण
बुधबार, १५ असोज २०८२, १३ : ३६
सारांश
- झापामा जेनजी आन्दोलनमा भत्किएका प्रहरी कार्यालय भवन ९० लाखमा पुनर्निर्माण गरियो।
- पुनर्निर्माणपछि इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालय भवनको उद्घाटन गरियो।
- उद्घाटन कार्यक्रममा प्रहरी अधिकारी र नगरवासीको उपस्थिति रहेको थियो।
झापा । जेनजी आन्दोलनमा भग्नावशेषमा परिणत भएका इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयका भवन रु ९० लाखको लागतमा पुनर्निर्माण भएका छन् ।
दुवै भवनको आज आयोजित एक कार्यक्रममा उद्घाटन गरिएको छ । त्यस अवसरमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठ र ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलसहितको टोलीलाई नगरवासीले फूलमालासहित टोलीलाई अभिनन्दन गरेका थिए ।
त्यसअघि प्रहरीहरूका साथ नगरप्रमुख पवित्रा महतरा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपाने, महासङ्घ कोशी प्रदेश सदस्य प्रकाश शिवाकोटीलगायत नगरवासीको टोलीले नगर परिक्रमा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण