हर्क साम्पाङले पुण्य गौतमलाई पार्टीमा भित्र्याएर सुरेन्द्र केसीलाई सल्लाहकार बनाउने
विराटनगर । केही दिन अगाडि राष्ट्रिय श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता गरेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले आफ्नो दलमा पुण्य गौतमलाई स्वागत गर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गौतमलाई स्वागत गर्ने बताएका हुन् । ‘युवा अभियान्ता पुन्य गौतम ज्युलाई श्रम संस्कृति पार्टीमा स्वागत गर्न चाहन्छु,’ उनले उल्लेख गरेका छन् ।
यस्तै साम्पाङले संचारमाध्याममा अन्तरवार्ता दिएर भाइरल भएका राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसीलाई पनि सल्लाहकार बनाउने चाहना व्यक्त गरेका छन् । ‘श्रम संस्कृति पार्टीका सल्लाहकारहरु खुलेर आइदिनु होला ’ प्रा।डा। सुरेन्द्र केसी ज्यूलाई एउटा सल्लाहकार राख्न चाहेको छु,’ उनले फेसबुकमै लेखेका छन् ।
आसन्न फागुन २१ गतेको संसदीय चुनावमा उनले काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) सँग मिलेर दल खोल्ने चाहना राखेका थिए । तर, जेनजी आन्दोलनपछि सरकार गठनका विषयमा दुबैबिच मतभिन्नता आएपछि साम्पाङले एक्लै दल दर्ता गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण