मुग्लिन–नारायणगढ सडक खण्डको अवस्था सामान्य, ढुंगा–लेदो पन्छाउने कार्य निरन्तर
बिहीबार, १६ असोज २०८२, ०८ : २०
चितवन । मुग्लिन–नारायणगढ सडक खण्ड आज सामान्य अवस्थामा छ । सडक डिभिजन भरतपुरका अनुसार बिहीबार (विजयादशमी) बिहान ८ बजेसम्म यातायातका साधनहरू अवरोधविना सञ्चालनमा रहेका छन् ।
वर्षा र चाडपर्वको समयसँगै बाटोमा सामान्य रूपमा ढुंगा र लेदो खस्ने गरे पनि डिभिजनमा तैनाथ उपकरणमार्फत सडक सफा गर्ने कार्य भइरहेको छ । डिभिजनका अनुसार अपरेटर अमर गुरुङको संयोजनमा झरेका ढुंगारलेदो हटाउने काम निरन्तर भइरहेको छ ।
सडक डिभिजन भरतपुरले यात्रु र सवारी चालकलाई यात्रा अघि सम्बन्धित निकायसँग सडकको अवस्थाबारे जानकारी लिन र विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा विशेष अदालतबाट दोषी ठहर
-
टेरामक्स खरिद प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
-
राक्सिराङले ल्यायो ६५ करोड ३१ लाखको बजेट
-
१० वर्षीय बालक हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ
-
ब्राजिललाई भारी परे हालान्ड, स्पेन र पोर्चुगलमा कुन बलियो ? (भिडियो)
-
सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण