'कुनै आम्दानी छैन, शुभचिन्तकको सहयोगले परिवार पाल्दै छु'
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले सामाजिक सञ्जालमा आफ्ना सन्तानलाई करोडौं रुपैयाँ खर्च गरेर विदेशमा पढाएको भनी फैलिएको अफवाहको खण्डन गर्दै आफ्नो व्यक्तिगत आर्थिक स्रोत शून्य रहेको दाबी गरेका छन् ।
उनले बिहीबार फेसबुकमार्फत एक विस्तृत पोस्ट लेख्दै राष्ट्रिय आविष्कार केन्द्रको काम र आफ्नो व्यक्तिगत जीवनयापन कसरी चलिरहेको छ भन्नेबारे स्पष्ट पारेका छन् ।
मन्त्री पुनले ३२ वर्षअघि अमेरिकाबाट फर्किएदेखि हालसम्म कुनै व्यक्तिगत आम्दानी नगरेको स्पष्ट पारे । उनले आफू, श्रीमती र छोरीहरूको सम्पूर्ण दैनिक खर्च शुभचिन्तक साथीभाइ र सहयोगीहरूले बेहोरेको बताए ।
मन्त्री भए पनि तलबभत्ता नलिने र कहीँ जाँदा लाग्ने हवाईजहाज, बस वा ट्याक्सी भाडासमेत आफैंले तिर्ने गरेको उनले जानकारी दिए ।
उनले आफूले सञ्चालन गरिरहेका सामाजिक कार्यहरू, जस्तैः २०० भन्दा बढी गाउँमा इन्टरनेट पुर्याउने, ७ वर्षदेखि राष्ट्रिय आविष्कार केन्द्रमार्फत प्रतिभाहरूलाई निःशुल्क हुर्काउने, कोरोना महामारीमा स्वास्थ्य सामग्री वितरण र ३० वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना पुर्नसञ्चालन गर्ने कामहरूमा आम जनताबाट प्राप्त दानकै भर परेको उल्लेख गरेका छन् ।
मन्त्री पुनले सम्पूर्ण विषयवस्तु विस्तृत रूपमा बुझ्न चाहनेले आफ्नो आत्मकथा पढ्न सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण