बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सम्भावित विपद्‍बारे मन्त्रालयको निर्देशन : प्रमुख सडक मार्गमा उच्च सतर्कता अपनाउन आग्रह

शुक्रबार, १७ असोज २०८२, १३ : ४६
शुक्रबार, १७ असोज २०८२

सारांश

  • भौतिक पूर्वाधार मन्त्रालयले विपद् जोखिमलाई ध्यानमा राख्दै सडक विभागलाई सतर्कता अपनाउन निर्देशन दिएको छ।
  • विज्ञ र प्राधिकरणको सूचनाअनुसार डिभिजन प्रमुख र योजना प्रमुखलाई कार्यक्षेत्रमै सुरक्षित रहन आग्रह गरिएको छ।
  • नागढुंगा-मुग्लिन, मुग्लिन-नारायणगढ, बीपी राजमार्ग लगायतका मार्गमा जोखिम उच्च हुने सम्भावना छ।

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी दिनमा उत्पन्न हुन सक्ने विपद्को जोखिमलाई मध्यनजर गर्दै सडक विभाग मातहतका सम्पूर्ण कार्यालयहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

मन्त्रालयले विज्ञहरूको विश्लेषण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनालाई आधार मानेर आफ्ना सबै डिभिजन प्रमुख तथा योजना प्रमुखलाई कार्यालयका इन्जिनियर र अपरेटरसहित कार्यक्षेत्रमै सुरक्षित रूपमा उपस्थित रहन आग्रह गरेको हो।

मन्त्रालयले जारी गरेको निर्देशनमा भनिएको छ, 'विपद् पछि चाहेर पनि कार्यक्षेत्रमा पुग्न नसक्ने अवस्था आउन सक्छ, त्यसैले अग्रिम तयारी स्वरूप आफ्ना स्थानमा सुरक्षित पुगेर ब्याकअप प्लान सहित सम्भावित विपद्को लागि तयार रहनु बुद्धिमानी हुनेछ।'

विशेष गरी नागढुंगा–मुग्लिन सडक, मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउने लगायतका मार्गमा जोखिम उच्च हुन सक्ने भन्दै मन्त्रालयले ती सडक क्षेत्रमा अतिरिक्त तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप