‘नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्नुपर्छ, तर...’
शुक्रबार, १७ असोज २०८२, १३ : ४९
सारांश
- एमाले महासचिव शंकर पोखरेलले पार्टीले तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सारेको बताए।
- उनले राजनीति र समाज व्यवस्था कुनै एक पुस्ताको मात्र विषय नभएको बताएका छन्।
- पोखरेलका अनुसार समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्नुपर्छ।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सार्दै आएको बताएका छन् ।
उनले पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्ने भएपनि एमालेले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सार्दै आएको बताएका हुन् ।
राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय हुन नसक्ने पनि पोखरेलको भनाइ छ ।
‘राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय होइन, हुन सक्तैन’, शुक्रबार सामाजिक सञ्जालमा फेसबुकमा पोखरेलले भनेका छन्, ‘खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा छ । समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ । तर त्यही नै समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुनुहुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण