बागमती किनारका बस्ती डुबानमा, सेना परिचालन (तस्बिरहरू)
सारांश
- लगातारको वर्षाले काठमाडौंमा बाढी आएपछि बस्तीहरू डुबानमा परेका छन्।
- बाढीबाट प्रभावित क्षेत्रका बासिन्दालाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेका छन्।
- बाढीका कारण जोखिम बढेपछि सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।
काठमाडौँ । अविरल वर्षासँगै काठमाडौँको विभिन्न स्थानका बस्तीहरू डुबानमा परेका छन्। विशेषगरी बागमती खोला किनारमा रहेका सुकुम्वासी बस्तीहरूमा पानी पसेपछि स्थानीयवासी विस्थापित हुन थालेका छन्।
डुबानका कारण जोखिम बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै नेपाली सेनासमेत परिचालन गरी ती बस्तीहरू खाली गराउने कार्य सुरु गरिएको छ। सुरक्षाकर्मीहरूले प्रभावित क्षेत्रका घर–घरमा पुगेर अवस्था बुझिरहेका छन् भने आवश्यक परे नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा सामान सार्न सहयोग गर्ने काम भइरहेको छ।
लगातारको वर्षाले खोला–नदीको जल सतह बढ्दै गएको र बागमती, मनोहरा र विष्णुमती आसपासका तटीय बस्तीहरूमा विशेष जोखिम देखिएको अधिकारीहरूले बताएका छन्।
सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा रहन र स्थानीयवासीलाई सम्भावित जोखिम क्षेत्रबाट तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ।
_wukju4YsN3.jpg)
_0ZD4jrN9Ua.jpg)
_KOTOBfX6oA.jpg)
_neDgB6sAVG.jpg)
_udPTDTrQAK.jpg)
_8FZHqqwMMV.jpg)
_8HOTEH3OH6.jpg)
_kqDKOS1tbH.jpg)
_kUMGsyhepa.jpg)
_N0opduJYAR.jpg)
_FpTPgjXLFr.jpg)
_DadvyHkEoi.jpg)
_xvsfGaz6HD.jpg)
_MSEJnRkccc.jpg)
_9lRPNN1B5y.jpg)
_GkhCtqzRJq.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण