काठमाडौँ बाहिर एम्बुलेन्स र उद्धार सामग्री बोकेका सवारी मात्र जान पाउने
सारांश
- काठमाडौँबाट बाहिरिने नाकाहरूबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
- टोखा-छहरे बाहेक अन्य नाकाबाट उपत्यका बाहिर जाने सवारीलाई रोक लगाइएको छ।
- अविरल वर्षाका कारण एम्बुलेन्स र सुरक्षाकर्मी चढेका गाडीलाई मात्रै जान दिइएको छ।
काठमाडौँ । काठमाडौँबाट बाहिरिने नाकाहरूबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । टोखा–छहरे भन्दा बाहेक अन्यत्रबाट काठमाडौँ उपत्यका बाहिरिने सवारी सञ्चालनमा रोक लगाइएको हो ।
नागढुंगा, साँगा, फर्पिङ र भट्टेडाँडा लगायतका नाकाबाट उपत्यका बाहिर जाने सवारीलाई पूर्ण रोक लगाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । नुवाकोट तर्फ जाने नाका टोखा–छहरे सडक अवरुद्ध नभएको हुनाले सुचारु गरिएको छ ।
गए राति देखी परेको अविरल वर्षाको कारण काठमाडौँ बाहिर जाने नाकाबाट एम्बुलेन्स, उद्धार सामग्री बोकेका गाडी र सुरक्षाकर्मी चढेको सवारीलाई मात्र प्रस्थान अनुमति दिएको छ । एसपी सुवेदीले भने, ‘युनिफर्म लगाएका सुरक्षाकर्मी सवार गाडीहरूलाई मात्र उपत्यका बाहिर जान दिएका छौँ ।’
उपत्यका ट्राफिक प्रहरी कार्यालयले एसपी नरेश सुवेदीको नेतृत्वमा उद्धार टिम गठन गरेको छ । उपत्यका भित्र हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न उद्धार टिम गठन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण