बिदामा रहेका सशस्त्रका कर्मचारीलाई हाजिर हुन सर्कुलर
शनिबार, १८ असोज २०८२, १९ : ४३
सारांश
- सशस्त्र प्रहरी बलले बिदामा रहेका सबै कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको छ।
- विपद्को जोखिम बढेसँगै उद्धारका लागि सशस्त्र प्रहरीले सर्कुलर जारी गरेको हो।
- हाजिर हुन नसके नजिकैको सशस्त्र प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ।
काठमाडौँ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बिदामा रहेका आफ्ना सकलदर्जालाई तत्काल कार्यालयमा हाजिर हुन सर्कुलर गरेको छ । अविरल वर्षाको कारण विपद्को जोखिम बढेसँगै उद्धारमा खटाउन सशस्त्र प्रहरीले सो सर्कुलर जारी गरेको हो ।
आफू कार्यरत ठाउँमा हाजिर हुन नसकेमा नजिकको सशस्त्र प्रहरीको जुनसुकै कार्यालयमा हाजिर हुन भनिएको सशस्त्र प्रहरीका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए । उनले भने, ‘नजिकैको सशस्त्र प्रहरीको जुनसुकै कार्यालयमा हाजिर भएर तत्काल उद्धारमा जुट्न भनिएको छ ।’
शुक्रबार रातिदेखि परेको पानी रोकिएको छैन । अझै केही दिन अविरल वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण