रातु नदीको तटबन्ध भत्कियो, जलेश्वरमा सतर्कता अपनाउन प्रशासनको आग्रह
आइतबार, १९ असोज २०८२, १० : ४१
सारांश
- महोत्तरीको जलेश्वर नगरपालिकास्थित रतबारामा रातु नदीमा आएको बाढीले तटबन्ध भत्काएको छ।
- बाढीले जलेश्वर बजार क्षेत्रमा पस्न सक्ने भएकाले स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।
- दुई दिनको वर्षापछि आएको बाढीले तटबन्ध भत्काएपछि सुरक्षाकर्मी परिचालन गरिएको छ।
जनकपुरधाम । महोत्तरीको जलेश्वर नगरपालिकास्थित रतबारामा रातु नदीमा आएको बाढीले तटबन्ध भत्काएको छ ।
रातु नदीको बाढी जलेश्वर बजार क्षेत्रमा पस्न सक्ने भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ ।
दुई दिनदेखिको मुसलधारे वर्षाका कारण रातु नदीमा जल सतह बढेको छ । बाढीले आइतबार बिहानै तटबन्ध भत्काएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण