विपद्मा सरकारको सक्रियतालाई सभामुखले दिए धन्यवाद
सारांश
- सभामुख देवराज घिमिरेले प्राकृतिक विपदमा सरकारको भूमिकाको प्रशंसा गरे।
- उनले बाढीपहिरोबाट प्रभावित नागरिकहरूप्रति सहानुभूति व्यक्त गरे।
- सभामुखले राहत र उद्धारमा सहयोग गर्न सबैलाई आग्रह गरे, हालैको विपदमा ४९ जनाको मृत्यु भएको छ।
काठमाडौँ । सभामुख देवराज घिमिरेले असोज १८ र १९ गतेको प्राकृतिक विपदमा सरकारले खेलेको भूमिकालाई सकारात्मक भन्दै धन्यवाद दिएका छन् ।
सभामुख घिमिरेले आइतबार अपिल जारी गर्दै विभिन्न स्थानहरूमा आएको बाढी/पहिरोले जनधनको ठुलो क्षतिप्रति दुःखी र मर्माहत भएको भन्दै विपद्बाट प्रभावित नागरिकहरूप्रति सहानुभूति प्रकट गरेका छन् ।
‘सरकारका तर्फबाट उद्धार र पुनर्स्थापनाका लागि सबै सुरक्षा निकाय, स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा स्वयंसेवकहरूलाई परिचालन गरिएकोमा धन्यवाद व्यक्त गर्दै पीडितको राहतका लागि ध्यानाकर्षण गराउँदछु’, सन्देशमा घिमिरेले भनेका छन् ।
उनले यस चुनौतीपूर्ण घडीमा सबै एकजुट भएर अघि बढ्ने हो भने मात्र विपद्लाई पार गर्न सकिने पनि स्मरण गरेका छन् । ‘साथै, राहत तथा उद्धारमा संलग्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न सबै देशवासीमा अपिल गर्दछु’ सभामुख घिमिरेको भनाई छ । दुई दिनयताको विपद्जन्य ४९ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण