शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अलपत्र परेका पर्यटकलाई पोखरामा निःशुल्क खाना र बास

आइतबार, १९ असोज २०८२, १६ : ०८
आइतबार, १९ असोज २०८२

सारांश

  • पोखरामा विपद्का कारण अलपत्र परेका पर्यटकलाई निःशुल्क खाना र बासको व्यवस्था गरिने भएको छ।
  • अविरल वर्षाका कारण सार्वजनिक बिदा घोषणा गरिएपछि पर्यटकलाई लक्षित गरी यो घोषणा गरिएको हो।
  • होटल संघ पोखरा नेपालले पर्यटकलाई उद्धार गरी सुरक्षित स्थानमा राख्ने र छुट दिने जनाएको छ।

पोखरा । विपदको समयमा अलपत्र परेका पर्यटकलाई पोखरामा नि:शुल्क खाना र बासको घोषणा गरिएको छ ।

 अविरल वर्षाका कारण पहिरो र बाढीको जोखिम बढेपछि नेपाल सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा घोषणा गरेको छ । सार्वजनिक सवारी साधन चलेका छैनन् । 

यतिबेला पोखरा र आसपासका क्षेत्रमा रहेका वा भ्रमणमा आएर अलपत्र परेका पर्यटकहरुलाई लक्षित गरी होटल संघ पोखरा नेपालले निःशुल्क खाना र बासको व्यवस्था गर्ने घोषणा गरेको हो । 

होटल संघले विपद्को अवस्थामा कोही पर्यटक अलपत्र परेमा वा विचल्लीमा परेमा उनीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याउनुको साथै खाना र बासको व्यवस्था गर्ने अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

यस्तै, पोखरा भ्रमणमा आउने पर्यटकहरुलाई प्रचलित दररेटमा २५ प्रतिशत छुट दिने घोषणा पनि गरेको छ । संकटको घडीमा पर्यटकहरुको सुरक्षा र सुविधालाई सर्वोपरी मानेर व्यवहार गर्न व्यवसायीसँग अपिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप